चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना

-



     सफल आवाज    
     चैत्र ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ चैत । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको हो ।

चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको निधन भयो भन्ने खुलेको छैन । कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १ः१५ मा र ग्वाङ्झाउ प्रान्तमा ३ः०७ मा अवतरण हुने तालिका थियो ।