
पोखरा, १० चैत । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा शुरु भएको छ । कृषक र कृषिसंग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने हेतुले आर एण्ड डी इनोभेटीभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशीनरी ब्यवसाय संघले संयुक्त रुपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा चैत ९ देखी १२ गतेसम्म यो मेला आयोजना गरेको हाे । यस कृषि कर्जा मेलामा पोखरा हेम्जाको एनएमबि लघुबित्त बित्तीय संस्थाले पनि सहभागिता जनाएको छ ।
नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस बित्तीय संस्थाले आफ्ना ग्राहकलाई कृषिकर्जा सम्वन्धी जानकारी गराई कृषि वित्तीय साक्षरता अभिबृद्धि गराउने र कृषि कर्जा मैत्री निति निमार्णमा थप टेवा पुग्ने उदेश्यका साथ उक्त मेलामा वित्तिय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले समेत सहभागिता जनाएका थिए ।
एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त बित्तीय संस्था नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुबित्त बित्तीय संस्था हो । यस बित्तीय संस्थाले देशका सातवटै प्रदेशमा प्रादेशिक कार्यालय सहित ६८ जिल्लाका बिभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यहरुलाइ लघुवित्त सेवा प्रदान गदै आएको बताएको छ ।








पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



