
पोखरा, १२ चैत । लायन्स क्लब अफ पोखरा लेकसिटीले अमरसिंह उच्च माविको दृष्टिविहीन शाखामा अध्ययनरत विद्यार्थीहरुको आँखाको दृष्टि कम भएका बालबालिकाहरुको परीक्षण गराएको छ ।
क्लबले त्यहाँ अध्ययनरत तथा आँखा कमजोर भएका ३९ जना बालबालिकाहरुको आँखा परीक्षण गराएको क्लबका अध्यक्ष कैलाश पालिखेले जानकारी दिए । अमरसिंहको दृष्टिविहीन शाखामा दृष्टि गुमाएका तथा कमजोर दृष्टि भएकाहरु पढ्दै आएका छन् । उनीहरुको बेलाबेलामा परीक्षण गराउनुपर्छ ।
दृष्टि कम भएकाहरुलाई औषधिहरुको आवश्यकता पनि पर्छ । उनीहरुको आवश्यकतालाई ध्यानमा राख्दै नेत्ररोग विशेषज्ञ डाक्टर बबिता गुरुङ र नविन बरालको सहयोगमा परीक्षण गरिएको कार्यक्रम संयोजक सुदीप प्रधानाङ्गले जानकारी दिए । सो अवसरमा आवश्यक औषधि पनि वितरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि लायन्स ३२५ बि १ नेपालका सिनियर एडभाइजर शिव द्धा रहेका थिए । लायन्स क्लब अफ पोखरा लेकसिटीले पछिल्लो समय शिक्षासँग जोडिएका क्षेत्रमा सहयोग गर्दै आएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




