गण्डकीमा १५ संक्रमित थप

-



     सफल आवाज    
     असाेज ३ गते २०७७ मा प्रकाशित




पोखरा, ३ असाेज । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेश स्वास्थ निर्देशनालयले शनिबार विज्ञप्तिमार्फत प्रदेशका नवलपुर, स्याङ्जा , पर्वत र लमजुङमा गरि ४ जिल्लामा १५ जना काेराेना संक्रमित पुष्टि भएकाे जनाएको हाे। तीमध्ये नवलपुरकै ११ जना छन्।

याे सहित कुल संक्रमित संख्या ३ हजार ३ सय ५१ पुगेकाे छ।