
काठमाडौं १२ चैत । गीतकार/संगीतकार हरिहर खनिया अब्बल सिर्जनाकाे प्रमाण पेश गर्दै टुप्लुक्क आएका छन् । उनले लाेकप्रीय गायक सन्ताेष रुचालकाे स्वरमा “म हराएको छैन कतै पनि” बाेलकाे गीतकाे भिडियाे सार्वजनिक गरेका छन् ।
म हराएको छैन कतै पनि
यो ठूलो शहरको साघुँरो गल्लिभित्र,
त्यो अग्लो घरको अध्याँरो कोठामा
जीवन बिताउँदैछु,
मर्कलेर प्यारा प्यारा सपनाहरुको
शोक मनाउँदैछु…..

केहि समयको अन्तरालपछि संगीतकार/गीतकार हरिहर खनिया नविन सांगीतिक सिर्जनाकासाथ श्रोता तथा दर्शकको माझ आएका हुन् । उनी आउने मेसो मिलेको हाे, “म हराएको छैन कतै पनि” बोलको गीतबाट र संयोग त्यसैपनि मिलेको छ युवा पुस्ताका कर्णप्रिय सिर्जनाका सर्जक हुनुको कारण हरायो कि भन्नेहरुका लागि पनि सिर्जनाबाटै उपस्थिति हुनु बलियो प्रमाण अरुथोक हुनै सक्दैन ।
श्रष्टा कति एकल विधामा सिमित हुन्छन् त कति बहुमुखि हुन्छन् । नेपाली सुगम संगीत, लाेक, शास्त्रिय वा उत्तरआधुनिक यी जम्मै विधाका लागि गीत कसैको, संगीत कसैको र गायन सकैको हामीले सुन्दै आएका छौं । यो पनि सुन्दै आएका छौं कि जस्ले रचना पनि गर्छन्, संगीत पनि गर्छन् र स्वर पनि भर्ने गर्छन् अर्थात गाउँछन् । यसकापछि अन्य मूल्वान निर्माणका काम पनि जाेडन्छन् ।
खनिया तिनै बहु खुबि भएका श्रष्टा हुन् । लेखन मात्रै होईन उनको गीतको लेखनमा भएको गाम्भिर्यता, संवेशदनशिलता र विषयवस्तुको उठान एउटा सवल र अब्बल पक्ष हो भने विषयवस्तु केन्द्रीत राग र सूरकाे खाेजि हाे।
लेखन कला पनि छ, त्यो लेख्य स्वरुपलाई संगीत गर्ने कला पनि छ । केहि भिन्दै गरौं र त्यो प्रस्तुतिले माने राखोस् भन्ने उनका सिर्जनाहरुबाटै पत्ता लगाउन सकिन्छ । दशकअघि आफ्ना सुरुआतका सिर्जनाबाटै चर्चा कमाएका खनियाले सिर्जना गरेको एउटा गीतकाे याद आउँछ :
सबको पिरतीमा दरबार हुन्छ
म मात्रै भाग्य फुटेको मान्छे
मेरो पिरतीमा तरबार हुन्छ ……
यो मात्रै होईन उनका अन्य थुप्रै सिर्जनाले नेपाली सुगम संगीतलाई गर्विलो बनाएका छन् । तर यहाँ मूल रुपमा चर्चा गर्न लागिएको पछिल्लो यो “म हराएको छैन कतै पनि” गीतकै हो । यो गीत बहुत मेहनतका साथ आएको छ । कर्णप्रिय स्वरका धनी गायक सन्तोष रुचालले स्वर दिएका छन् हरिहर खनियाको शव्द र संगीतमा ।
केहि हुनका लागि केहि त प्रसव वेदना सिर्जनाको पनि हुन्छ । अनि गीत गीतमा मात्रै रहेन जो संगीतपछि सुन्न सकिने भयो र अझैं अगाडी बढ्दा हेर्ने अर्थात म्यूजिक भिडियोमा परिणत पनि भयो खनियाँले सफल आवाजसंग भने, ”मेहनत भएकाे छ टीमकाे त्यसैले श्राेता दर्शकले रुचाउनेमा हामी ढुक्क भएका छौं ।”
सहायक सिनेमाटोग्राफिमा सगुन तामाङ रहेका छन् । ड्रोन प्रदीप पौडेलले चलाएका हुन । श्रृंगार जय गुरुङको रहेको छ भने यसका सहायक निर्देशकमा अमृत नेपाली रहेका छन् ।
भिडियोको उत्पादन प्रमुख अमृत नेपाली हुन् । सिनेमाटोग्राफि, सम्पादन तथा निर्देशन भगवान पौडेल (मीठो कम्पन) ले गरेका छन् । भिडियो बनाउन भूपेन्द्र ढकाल, सरीता धनकुटी, सन्तोष कुमार आत्रेय, सुरेन थापा र प्रदीप पौडेलले हौसला दिएका छन्।
निर्माण पक्षले गीतलाई सुनेर र हेरेर सिर्जनालाई माया र न्याय गरिदिन अनुरोध गरेको छ ।
भिडियाे हेर्न तलकाे फाेटाेमा क्लीक गर्नुहाेला ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



