
लन्डन, १२ चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार चीनका राष्ट्रपति सी चिन फिङसँग कुरा गर्दै युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा छलफल गरेका छन् ।
“नेताहरूले युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा एक घन्टा लामो छलफल गरेको र उहाँहरू पुनः छलफल गर्न सहमत भएको,” बेलायती प्रधानमन्त्रीको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । वार्ताको क्रममा प्रधानमन्त्री जोनसनले गत हप्ता चीनमा दुर्घटनाग्रस्त विमानका पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका थिए ।
दुई देशबीचको राजदूत स्तरमा कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको स्मरण गर्दै सीले विगत आधा शताब्दीमा केही उतारचढावका बाबजुद पनि सम्बन्ध समग्रमा निरन्तर वृद्धि भएको बताए ।
सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार दुवै देशको घरेलु अवस्था र विकास मार्ग फरक फरक रहेको उल्लेख गर्दै सीले दुवै पक्षले रणनीतिक र दीर्घकालीन परिप्रेक्ष्यमा ध्यान दिनुपर्ने बताए। सीले चीन बेलायतसँग वार्ता र सहयोग गर्न इच्छुक रहेको समेत उल्लेख गरे।








काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा… 




