
काठमाडौं, १४ चैत । आईतबार स्थिर रहेर कारोबार भएको सुनचाँदीको भाउ आज भने घटेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा छापावाला सुनको भाउमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ २० ले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले घटेर तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छपावाला सुनको भाउ तोलाको १ लाख ९०० रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन तोलाको १ लाख रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन २० रुपैयाँले गिरावट भई तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




