सेयर बजार राताम्मै, काराेबारमा जीवन विकास लघुवित्त अब्बल

-



     सफल आवाज    
     चैत्र १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ चैत । सेयर बजारको ओरालो यात्रामा ब्रेक लाग्न सकेको छैन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि सेयर बजारले ओरालोको यात्रा तय गरेको छ ।

सम्पूर्ण सूचकहरुकासाथ कारोबार रकममा पनि कमि भएको छ । सेयर बजारमा भईरहेको नकारात्मक प्रभावका कारण लगानीकर्ताहरुको मनोवल बढ्न सकेको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ । नेप्सेमा १.१७ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ५.०२ अंकले घटेर ४७४.३७ विन्दुमा रहेको छ ।

आज कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ४९ लाख ५८ हजार ९१४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसमूहरु राताम्मै भएका छन् । सबैको सेयर घटेको छ । बैंकिङ तर्फ ८.६३ अंकले, व्यापारतर्फ ६०.५८ अंकले, होटल तथा पर्यटनतर्फ २४.४१ अंकले, विकास बैंकतर्फ ७५.०९ अंकले घटेको छ ।

यस्तै हाईड्रोपावरतर्फ २४.०३ अंकले, फाइनान्सतर्फ ४९.०५ अंकले, नीर्जिवन बीमातर्फ २५२.४९ अंकले, उत्पादनतर्फ ८४.८७ अंकले, अन्यतर्फ ८४.३६ अंकले, माइक्रोफाइनान्सतर्फ ४०.४८ अंकले घटेको छ ।

जीवन बीमातर्फ ३४२.०६ अंकले, म्युचुअल फण्डतर्फ ०.०८ अंकले तथा लगानी उपसमूहतर्फ ०.९३ अंकले सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।