
काठमाडौं, १५ चैत । ग्लोबल आइएमई बैंकले नेपाल तथा भारतका ग्राहकको सुविधाका लागि गेटवे पेमेन्ट सर्भिस प्रालिसंग क्यूआर सुविधा सम्बन्धी एक सम्झौता गरेको छ ।
अब ग्राहकले ग्लोबल बैंकको मोबाइल बैंकिङ एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरेर क्यूआरबाट भारतमा कुनैपनि सामग्री खरिदमा भारत पे, पेटिएम, गुगलपे लगायतका डिजिटल प्लेटफर्मबाट भुक्तानी गरी कारोबार गर्न सक्ने भएका छन् ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै याे सुविधा प्रदान गर्ने याेजनासहित ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गेटवे पेमेन्ट सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झाैतामा हस्ताक्षर गरेका छन ।
याे सुविधालाई संचालनमा ल्याउनासाथ नेपाल भारत सिमा वारिपारी भुक्तानी सेवा सहज हुनेछ । यस्तै अन्य सेवामा समेत भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रणालीबाट ग्लोबल आइएमई बैंकको खातामा रकम सार्न सकिने भएको छ । याे सेवा बिस्तारपछि सिमा वारपारकाे रेमिट्यान्सलाई थप प्रोत्साहन गर्ने अपेक्षा लिइएकाे छ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




