उपकार लघुवित्तले चैत २५ गतेदेखि आईपीओ बिक्रीमा ल्याउँदै

-



     सफल आवाज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ चैत । उपकार लघुवित्त वित्तीय संस्थाले चैतको २५ गतेबाट सेयर निष्काशन तथा बिक्री खुला गर्ने जानकारी दिएको छ । संस्थाले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेको हो ।

संस्थाको जारी पूँजी ६ करोड ५६ लाख पच्चिस हजार रहेकोमा त्यसको छत्तिस प्रतिशतले हुने २ करोड ३६ लाख पच्चिस हजार रुपैयाँ बराबरको सेयर निष्काशन हुन लागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित २ लाख ३६ हजार २५० कित्ता सेयर बिक्रीमा ल्याइने भएको हो । कुल सेयरको ०.५ प्रतिशत ३ हजार २८१ कित्ता सेयर कर्मचारीका लागि रहेको छ । ५ प्रतिशत ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारणले बाँकी हुने २ लाख २१ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिन पाउने भएका छन् ।

लगानीकर्ताले छिटोमा चैत २९ र ढीलोमा ०७९ साल वैशाख ९ गतेसम्म आवेदन दिन पाउनेछन् । सेयर निष्कान तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ लिमिटेड रहेको छ ।