घट्दै सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ चैत । केहि दिनदेखि सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

छापावाला सुनको भाउमा रुपैयाँ ४०० ले तथा चाँदीको भाउमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन रुपैयाँ ४०० ले घटेर तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९८ हजार ३०० रुपैयाँ कायम गरिएको छ । मंगलबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो ।

महासंघका अनुसार अाज चाँदीमा रुपैयाँ १० ले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।