लामाे करेक्सनपछि नेप्सेमा छायो हरियाली, कारोबारमा सिद्धार्थ इन्स्योरेन्स अब्बल

-



     सफल आवाज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६, चैत । बितेका दर्जन साताको दौडपछि बल्ल बुधबार सेयर बजारको लय सकारात्मक बन्दा लगानीकर्ताको मनोवल उच्च भएको छ ।

उसो त नेप्सेमा वर्ष २०२२ को आगमनसंगै हरेक साताको बुधबार करेक्सन हुँदै आएको थियो । सो करेक्सन यसदिनको नेप्सेको हरियाली वातावरणले ब्रेक गरिदिएको छ ।

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ भने कारोबार रकममा पनि सुधार भएको छ । १३ वटै उपसमूहमा हरियाली छाएको छ । उनीहरुको सेयर बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा उक्लिएको छ । नेप्से १.६१ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा अडिएको छ ।

कुल २३२ कम्पनीको सेयर कारोबार भएको छ । ४५ लाख २ हजार ५११ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन १३ वटै उपसमूहमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिद्धार्थ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।