
पाेखरा, १७ चैत । लामाे समयदेखी विवादमा रहेकाे फेवातालको मापदण्डको विषयलाई अंतत: पोखरा महानगरपालिकाले टुंग्याएको छ । महानगरले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गरेको छ ।
पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको महानगरको ५५ औं कार्यपालिकाको बैठकले फेवातालसँगै पोखराका सबै तालको मापदण्ड तोकेको थियाे । बेगनास र रुपा तालको मापदण्ड भने ५५ मिटर कायम गर्ने निर्णय गरेको छ । लेखनाथका अरू तालहरू दीपाङ, खास्टे, गुदे, न्यूरिनी, मैदीको मापदण्ड २० मिटर कायम गर्ने निर्णय गरेको छ ।
समयमा मापदण्ड तोक्न नसकेर मुद्दा खेपिरहेको महानगरले सर्वोच्च अदालतको फैसला, फेवाताल सिमांकन समितिको निर्देशन र ७ तालको अध्ययन प्रतिवेदनलाई आधार मानेर फेवातालको मापदण्ड तोकेको बताइएकाे छ । फेवातालको याे नयाँ मापदण्डले लेकसाइडका ताल नजिक जग्गा भएका स्थानियलाइ भने राहत मिलेकाे छ ।
फेवातालको जग्गामध्ये साँढे ८ हजार रोपनी पानीले ढाकिएको र २५ सय रोपनीभन्दा बढी क्षेत्रफल व्यक्ति तथा सरकारका नाममा र दर्ता छुटेको गरी फेवातालकाे क्षेत्रफल कायम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
चुनावको मुखमा फेवातालको मापदण्ड घटाउने निर्णय गरेर पोखरा महानगरले जनतालाइ आफ्नाे प्रभावमा पार्न खाजेकाे हाे की भन्ने पनि यदाकदा सुनिएकाे छ । तर कसैले यस बिषयमा मुख खाेलेका छैनन ।
पाेखरा महानगरका हालका मेयर मान बहादुर जिसि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि हुन ।









काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




