व्यवसायीले गरे पेट्रोलियम पदार्थको ढुवानी बन्द, चैत २० गतेदेखि कारोबार बन्द गर्ने चेतावनी

-



     सफल आवाज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ चैत । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चैत २० गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी नगर्ने र कारोबार पनि बन्द गर्ने चेतावनी दिएको छ ।

नेपाल आयल निगमले आफ्ना मागहरु पूरा नगरेको भन्दै देशभर व्यवसायीले आजबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आयल निगमले खरिद गर्ने भारतीय डिपो तथा नेपालमा रहेका डिपोबाट डिलरले खरिद गर्ने पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारिएको जनाएको छ ।

बितेका चार हप्तादेखि आन्दोलित व्यवसायीले आफ्ना मागहरुको बारेमा सुनुवाई नभएकोले ढुवानी ठप्प पार्न बाध्य भएको बताएका छन् ।

आन्दोलनको असर १४०० ट्यांकर, १ हजार पेट्रोल बोक्ने बुलेट, डिजेल, मट्टितेल, हवाई ईन्धन तथा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनमा परेको छ ।