नेप्सेमा दोहोरो अंकको गिरावट, लाइफ इन्स्योरेन्स कम्पनीले गर्याे साढे ९ करोड बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको छ । नेप्सेमा १.१२ प्रतिशतको गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ६.४४ अंकले घटेर ४६९.०३ विन्दुमा रहेको छ ।

कुल २२५ कम्पनीको सेयर कारोबार भएको छ । ३२ लाख ५३ हजार ८१६ कित्तासेयरको खरिदबिक्रीबाट १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ बराबरकाे कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये म्युचअल फण्ड बाहेक सबै राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख ५१ हजार रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।