विश्वभर २ करोड २६ लाख १६ हजार बढी निको,९ देश कोरोना मुक्त

-



     सफल आवाज    
     असाेज ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ असोज । विश्वमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरुको संख्यामा वृद्धि भईरहेको छ । आईतबारसम्म निको हुनेको संख्या २ करोड २६ लाख १६ हजार ९९९ पुगेको छ ।

हाल कोरोनाका सक्रिय केसहरु ७४ लाख ३६ हजार १४ रहेका छन् । ७३ लाख ७४ हजार ६१६ जनाको अवस्थामा सामान्य भईरहेको छ । ६१ हजार ३९८ जनाको अवस्था गम्भिर रहेको छ । ३८ हजार २०० नयाँ केस भेटिएका छन् भने ९११ जनाको ज्यान गएको छ ।

९ वटा देश कोरोना मुक्त

अहिलेसम्म ९ वटा देश कोरोना मुक्त भएका छन् । एंगुलीया, भ्याटिकन सिटि, फकल्याण्ड आईल्याण्ड्स, ग्रीनल्याण्ड, सेन्ट किट्स एण्ड नेभिज, ग्रेनेडा, न्यू क्यालेडोनिया, मकाओ र सेन्ट भिन्सेन्ट ग्रेनाडाइन्स कोरोना मुक्त भएका हुन ।

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ४२ लाख २३ हजार ६९३ जना निको भएका छन् । दोश्रो धेरै प्रभावित भएको देश भारतमा ४३ लाख ३ हजार ४३ जना निको भएका छन् ।

तेश्रो प्रभावित देश ब्राजिलमा ३८ लाख २० हजार ९५ जना निको भएका छन् । यस्तै रसियामा ९ लाख ९ हजार ३५७ जना, पेरुमा ६ लाख ७ हजार ८३७ जना, कोलम्वियामा ६ लाख २७ हजार ६८५ जना र मेक्सिकोमा ४ लाख ९६ हजार २२४ जना निको भएका छन ।

हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ९ लाख ६१ हजार ७८२ पुगेको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।