
काठमाडाैं, २३ चैत । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा शलिन अग्रवाल नेतृत्वको टोलीले यही चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो ।
आइतबार कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जन र सोमबार झापाका ५१ वर्षीय रामचन्द्र वलीको कलेजो सफल रुपमा प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए। महर्जनलाई उनकै पत्नी ४३ वर्षीया ज्ञानीशोभाले र वलीलाई उनकी १९ वर्षीया छोरी सुमित्राले कलेजो दिएकी हुन । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
डा श्रेष्ठले भने, “जटिल शल्यक्रियाका लागि अत्याधुनिक सुविधाले सम्पन्न यस केन्द्रमा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण गरिँदै आएको छ, आगामी महिनादेखि प्रत्येक महिना कम्तीमा दुई जनाको कलेजो प्रत्यारोपण नियमितरुपमा गर्ने तयारी छ।”
कलेजो प्रत्यारोपणमा डा प्रदेज सापकोटा, डा क्षेतेन योञ्जन तामाङ, डा अनिषा तिवारी, डा ललितकुमार दास, डा कर्ण राजवंशी, डा आरती राई, डा निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा रश्मित श्रेष्ठ, डा शिवसुन्दर राजचल, डा सुमन र डा कृष्ण बुढाथोकी तथा कोपिला दाहाल, बबिता लवजु, अनिता कार्कीलगायतको टोली संलग्न रहेको थियो ।
नेपालमा पहिलोपटक २०७२ मङ्सिरमा कलेजो प्रत्यारोपण यहीँ केन्द्रमा गरिएको थियो । हालसम्म आठ जनाको कलेजो प्रत्यारोपण सफलतापूवर्क गरिएको अस्पतालले जनाएको छ । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेजस्तै कलेजो प्रत्यारोपणमा पनि सहुलियत दिनुपर्ने डा श्रेष्ठको धारणा छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




