
काठमाडौं, २३ चैत्र । नाटक ‘शिरीषको फूल’ मञ्चन तयारी पूरा भएको छ । नाटक चैत्र २४ गते बिहिबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदैछ ।
२७ गतेसम्म मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ वजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ ।
केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारको अभिनय हेर्न पाइनेछ । नाट्य आलेख चौथो आयामले तयार पारेका हुन्।
यो नाटक सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२)मा आधारित छ ।
थिएटर मलका संस्थापक तथा कला निर्देशक रहेका परिकल्पनाकार केदार श्रेष्ठ शिरीषको फूलको देशयात्रा सुन्दर नगरी पोखराबाट सुरु हुन लागेकोमा उत्साहित भएको बताउँछन् ।
पोखरामा व्यक्तिगत रुपमा मेरो तेस्रो नाटक हो । उनले भने, धेरै समयदेखि नाट्य गतिविधि नभइरहेको बेला २०७३ मा नाटक मान भर्सेस मती लिएर पोखरा आएकाे थिएँ । त्यसपछि निर्देशकहरुको कार्यशालाबाट तयार नाटक खबर हराएका चिठ्ठी मार्फत यहीं पोखरा थिएटरको मञ्चमा सक्षात्कार गर्ने मौका पाएको थिएँ । फेरि शिरीषको फूलको देशयात्रा सुन्दर नगरी पोखराबाट सुरु भएको छ, उनले भने याे खुसिकाे कुरा हाे।
पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा नाटक मञ्चन गर्न पाउदा खुशी लागेको सुनाए।
पोखरा थिएटरले स्थापनाकालदेखि नै विभिन्न रंग समूह सगँको सहकार्यलाई महत्व दिदै आएको छ । थिएटर मलसँग संस्थागत रुपमा यो पहिलो सहकार्य भएपनि विभिन्न रुपमा विगतका बर्षदेखि नै सहकार्य हुदै आइरहेको छ । उनले भने, नाटक मञ्चनको लागि पोखरा आएको थिएटर मलको टिमले पोखराका नाट्यप्रेमी दर्शकको साथ पाउने अपेक्षा गरेको छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



