मन्त्री गुरुङ (दीपक मनाङे) द्वारा कर्मचारीमाथि कुटपिट

-



     सफल आवाज    
     चैत्र २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ चैत । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि कुटपिट गरेका छन् । कार्यालय समयपछि शाखा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेका बताईएको छ । उनी मन्त्रालयका सूचना अधिकारी पनि हुन् ।

फाईल लिएर मन्त्रीकोमा गएको बेला उनीहरुबीच सवाल जवाफ भएको थियो । सोहि समयमा गुरुङले धकेल्दै ओझामाथि जाईलागेको एक कर्मचारीले बताए ।

घटना भए लगत्तै ओझाले यसका बारेमा सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई अवगत गराएका बताईएको छ ।

यो मंगलबारको घटना हो । घटना भएको बारेमा सुनेकाे भएपनि तत्काल अन्य कुरा कसैले बताउन चाहेनन् । मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले के भएको हो भन्ने बारेमा कुरा पछि आउला तर अहिले नै यहि भएको हो भन्न एकिन गर्न नसकिने बताए । उनी कास्की बाहिर गएका छन् ।

मन्त्री गुरुङले कुटपिट गरेका भनिएका ति कर्मचारीको फोन बन्द गरिएको छ भने उनी बुधबार कार्यालय गएनन् ।