ललितपुर चेम्बरको दोस्रो साधारणसभा सम्पन्न, समृद्ध राष्ट्र निर्माणमा हातेमालाे गर्न मन्त्री भुसालको आग्रह

-



     सफल आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित



ललितपुर २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित रहेर समृद्ध नेपाल निर्माणमा लाग्न निजी क्षेत्रलाई आग्रह गरेकी छन ।

ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीन खम्बे अर्थनीति अबलम्बन गरी देशको आर्थिक विकास गर्र्न सकिन्छ भन्ने लक्ष्य लिइएको स्मरण गरिन ।

चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै मन्त्री भुसालले भनिन, “अर्थतन्त्रमा चेम्बरले पुर्याएको योगदान सर्हानीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस् ।”

उनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको समेत बताइन । मन्त्री भुसाले निजी क्षेत्रका जति वटा संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने बताइन ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा निरन्तर सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका इकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्नेमा माग गरे ।