
पोखरा, ५ असोज । लमजुङ र गोरखा जिल्लाबाटै यातायात सम्वन्धि काम शुरु गरिएको छ । नयाँ व्यवस्था शुरु भएपछि अब यातायात सम्वन्धि कामको लागि सेवाग्राहीलाई पोखरा आउनु नपर्ने भएको छ । गाडी र माेटरसाइकलकाे ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिटलगायतका कामहरु अब ति जिल्लाका पूर्वाधार विकास कार्यालयबाटै हुने भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको यो काम गण्डकी प्रदेश सरकारले आईतबारबाट शुरु गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यालयको एक्सन रुमबाट अनलाइनमार्फत सेवा शुरु गर्दै लमजुङका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गरेका थिए । जिल्लाबाटै सेवा शुरू भएपछि अब सेवाग्राही पाेखरासम्म धाउन नपर्ने मुख्यमन्त्री गुरुङले बताए ।
उक्त रसिदलाई पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले पहिलो सेवाग्राही बेसीसहर–८ का यज्ञनारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । गिरीले जिल्लाकाे पूर्वाधार विकास कार्यालयबाट ब्लुबुक नवीकरण, सवारी साधन कर सङ्कलन, सवारी जाँचपास, रुट परमिट नवीकरण, सवारी आयकर र पटके रुट परमिटसम्बन्धी सेवा उपलब्ध हुने बताए । लमजुङमा अब सवारी चालक अनुमति पत्र र नयाँ गाडीको दर्ता बाहेकका सबै काम हुने उनले बताए ।
यसअघी कास्कीकाे पाेखरा, बागलुङ, तनहुँको डुम्रेमा मात्रै यातायात कार्यालय थिए । प्रदेश सरकारले लमजुङ र गोरखामा यातायात व्यवस्था सम्बन्धी सेवा थप गरेपछि सेवाग्राहीहरुले गण्डकी प्रदेश सरकारकाे याे कार्यकाे सर्हाना गरेका छन् ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




