
काठमाडौं, २५ चैत । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काले मानसिक स्वास्थ्य समस्या भेदभावको निराकरणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल सरकार र प्रदेश सरकारले बनाएका स्वास्थ्य नीति राम्रा भएपनि काम गर्नमा कठिनाई भएको बताए । खड्काले नीति हामीले राम्रो बनाएका छौं तर नीति अनुसारको राम्रो काम पनि गरेर देखाउने बेला आएको छ भन्दै सबैको हातेमालो आवश्यक भएकोमा जोड दिए । यसमा अझैं सूचना पहुँचकाे लागि मिडियाकाे भूमिका महत्वपूर्ण हुन्छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन “कोशिश” संगको सहकार्यमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार पोखरामा आयोजना गरेको “मानसिक स्वास्थ्य समस्याहरुको भेदभावमा मिडिया अभिमूखिकरण” विषयक कार्यक्रममा निर्देशक खड्काले मानसिक स्वास्थ्य समस्याको निदानका लागि सबै जिल्लामा तालिमको व्यवस्था गर्दै जाने, निःशुल्क औषधी वितरणलाई प्रभावकारी बनाइउने बताए ।
डाक्टर, नर्स, सुरक्षा गार्ड तथा परामर्शका लागि चाहिने स्थानका लागि काम भईरहेको बताउँदै खड्काले मानसिक वा कुनैपनि स्वास्थ्य समस्याका लागि कोभिडको समयमा बनाईएको १०९२ नं को कल सेन्टरलाई प्रयोग गर्न, फोन गर्न र समस्याका बारेमा अवगत् गराउन आग्रह गरे । उनले भने, कल सेन्टर त बनायौं फोनै आउँदैन । वजेटमा लगाईएको सिलिङका कारण पनि योजना अनुसारको काम गर्न कठिनाई भएको बताए ।
प्रदेश आपूर्ति व्यवश्थापन केन्द्रका निर्देशक डा.रोशन न्यौपानेले कोभिडको समयमा परेका अफ्ठेराहरुको समस्या अहिले देखिन थालेको बताए । त्यो समयमा सबैलाई डर थियो । कोहि बोल्न वा कतै जानमा समस्या थियो । उनले भने, अहिले अवश्था सामान्य भएको बेलामा असर देखिएको छ । कोभिड लागेकालाई, घरका सदस्यलाई केहि हुन्छकि भन्ने शंका छ । डा.न्यौपानेले अहिले प्रत्येक १० मध्ये १ जनामा मानसिक समस्या भएको बताए ।
प्रदेश स्वाश्थ्य तालिम केन्द्रका निर्देशक रमेश प्रसाद अधिकारीले मानसिक समस्या भएकाहरुको लागि काम गर्न बाँकी नै रहेको बताए । उनले भने, हामीसंग दक्ष जनशक्तिको अभाव छ, भएको पनि अपुग छ । उनले अझैं पनि सबैलाई मानसिक समस्याका बारेमा आधारभूत तालिम दिन नसकिएको बताए । अब भने हामीले ५ प्रकारका तालिमका प्याकेज बनाएका छौं । उनले भने, यो तालिम डाक्टरदेखि तह हेरेर स्वयंसेविकासम्मलाई दिन्छौं । उनले विरामीका लागि परामर्शको कार्यक्रम संचालन गरिने जानकारी दिए ।
कोशिशका कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटाले आफुलाई मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जागरण आफैंमा ९ कक्षामा अध्ययन गर्दाको समयमा आएको समस्याका कारण भएको बताए । उनलाई त्यो बेलामा २४ सै घन्टा नरमाईलो लाग्ने समस्या रहेको स्मरण सुनाए । उनले सन् २००८ मा कोशिश दर्ता गरेपछि २००८ सेप्टम्बर महिनादेखि हालसम्म निरन्तर मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बताए । स्वास्थ्य नभई नहुने र संविधानमा मौलिक हकमै रहेको हकाधिकार भएकोले स्वास्थ्य अधिकार प्राप्तिको यस कार्यमा सबैको हातेमालो आवश्यक भएकोमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत तथा मानसिक स्वास्थ्य फोकल पर्सन नवराज शर्माले स्वास्थ्य नीति बनेको भएपनि जनशक्तिको अभाव, वजेटमा कमि र भौतिक पूर्वाधारको अपर्याप्तताको कारण काम गर्नमा कठिनाई भएको बताए । आफुहरुसंग भरपर्दो सूचना प्रणाली पनि नभएको र प्रदेशमा वा जिल्लामा कतिको संख्यामा मानसिक समस्या भएकाहरु छन् भन्ने एकिन तथ्य नभएको बताए । उनले भने अब सूचना प्रणालीको विकास अति आवश्यक भएको छ ।
मानसिक रोग विशेषज्ञ डा. रीता वैद्यले मानिसमा वंशानुगत्, सामाजिक वातावरणलगायतका कारणले मानसिक समस्या देखिने गरेको बताईन । उनले नेपालमा १४, १५ वर्षका प्रजनन् उमेर समूहका महिलाको मृत्यको पहिलो कारण आत्म हत्या भएको एक सर्वेक्षणले देखाएको बताईन् ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण् २०२० का अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा मानसिक समस्या देखिएको छ ।
२.३ प्रतिशत वयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासिनताको समस्या देखिएको छ । यस्तै ६.५ प्रतिशत वयस्कमा र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवश्थामा आत्म हत्याको सोंच रहेको पाईएको छ । १.१ प्रतिशत वयस्कमा र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाईन्छ ।
वंशानुगत, सामाजिक वातावरण वा विभिन्न घटनाक्रमले मानसिक तथा मनोसामाजिक समस्यामा परेकाहरुलाई पूर्वावस्थामा फर्काउन डाक्टरको सल्लाह, परामर्श लिने, उनीहरुलाई अनुकुल हुने खालको वातावरण तयार गर्न परिवार, स्थानिय निकाय र अन्यले सघाउने, प्रोत्साहन दिने, हौसला बढाउने, अपहेलना, लान्छना, भेदभाव नहुने वातावरण बनाउन कोशिशले आग्रह गरेको छ ।
सामाजिक, सांस्कृतिक कार्यमा अर्थपूर्ण सहभागितामा जोड दिने र लागेका कुराहरुलाई निर्धक्कसंग भन्ने वातावरण बनाउनु पर्ने आवश्यक्ता रहेको छ ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




