राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बनमा, कारण के हाे ?

-



     सफल आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ चैत । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

अधिकारी निलम्बनमा परेपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिईएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।

बिलासीताका बस्तु आयातलाई रोक्ने मन्त्रालयको निर्देशन बारेको सूचना लिक भएको भन्ने विषय उनका लागि भारि बनेकाे र यसका बारेमा एउटा टोलीले अध्ययन गरेको जनाईएको छ ।

अध्ययन टोलीमा गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कि, उर्जामन्त्री पम्फा भुषाललगायतका रहेका थिए ।