
संयुक्त राष्ट्रसंघ, २ बैशाख । संयुक्त राष्ट्रसंघले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ । यहाँका राजनीतिक दलहरुको सहभागितामा हालै एक परिषद गठन गरिएको र सोही काउन्सिलमार्फत् यो सहयोग गर्ने भएको हो ।
यमनमा संयुक्त राष्ट्र संघको सहयोग र समन्वयमा प्रेडिसेन्सियल लिडरसिप काउन्सिल पिएलसी गठन गरिएको र सो परिषदमार्फत् शान्ति प्रक्रियाका लागि पहल गरिने भएको हो । यसैबीच यमनका राष्ट्रपतिले यमनमा गठन भएको प्रेडिसेन्सियल लिडरसिप काउन्सिल पिएलसीलाई आफ्नो शक्ति हस्तान्तरण गरेका छन् । उनले गरेकाे शक्ति हस्तान्तरणको प्रक्रियाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि स्वागत गरेको छ ।
विभिन्न सञ्चारमाध्यमहरुले यमनका राष्ट्रपतिले सो पिएलसीलाई शक्ति हस्तान्तरण गरेकामा सुरक्षा परिषदले स्वागत गरेको बताएका छन् । सो परिषदले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत गरेको समाचारमा जनाइएको छ । यमनमा गहिरिँदै गएको राजनीतिक संकटको समाधानका लागि यहाँ संयुक्त राष्ट्रसंघको समन्वयमा उक्त पिएलसी गठन गरिएको छ । सोही परिषदमार्फत् यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले पनि पहल गर्ने जनाएको हो ।
सो पिएलसीले यहाँका राजनीतिक दलहरुको सहभागिता र समन्वयमा राजनीतिक संकट समाधानका लागि काम गर्नेछ । यहाँ निर्वाचन गर्नका लागि पनि यही संरचनाले भूमिका खेल्ने बताइएको छ । संयुक्त राष्ट्रसंघले यस पिएलसीमा यमनका सबै राजनीतिक शक्तिहरुलाई समेटेर यहाँ रहेका समस्या समाधान गर्ने र उनीहरुकै सहमति र समन्वयमा काम गर्ने बताइएको छ ।यहाँ केही वर्ष यतादेखि राजनीतिक संकट बढ्दै गएको छ ।
जसका कारण यहाँ हिंसा समेत जारी रहेको बताइएको छ ।यस पिएलसीले यहाँको द्धन्द्धको समाधानका लागि पनि एक वार्ता टोली गठन गरी यहाँका विद्रोही र विपक्षीहरुसँग वार्ता अघि बढाउने बताइएको छ । शान्तिपूर्ण रुपमा यहाँका समस्याहरुको समाधान गरी आगामी दिनमा उचित वातावरण निर्माण गरेर यमनका राष्ट्रपतिको निर्वाचन गर्नेसम्मको काम यस पिएलसीले गर्ने बताइएको छ ।
उक्त परिषदले यमनमा जारी रहेको मानवीय संकटको समाधानका लागि पनि आवश्यक पहल गर्ने जनाएको छ । यहाँ खाद्यान्न लगायतका अन्य न्यूनतम आवश्यकताको परिपूर्ति पनि हुन नसक्दा मानवीय संकट परेकाले त्यसको समाधानका लागि संयुक्त राष्ट्रसंघ र यमनको सरकारलाई आग्रह गर्ने जनाएको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




