आईतबार सुनचाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     वैशाख ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ चैत । साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदीको भाउ शुक्रबारकै मूल्यमा खरिदबिक्री भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यसदिन स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ पनि आज स्थिर रहेर ताेलाकाे १ हजार ४१५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।