
स्याङ्जा, ४ बैशाख । स्याङ्जाको वालिङमा भएको जिप दुर्घटना परी ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका बिरबहादर डाला मगर, वर्ष ४० की हिराकुमार डाला, ३५ वर्षकी सर्भिला सारु, उनका वर्ष ७ का छोरा गौरब सारु र वालिङ नगरपालिका १४ की वर्ष ४५ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पताल वालिङमा ल्याईएको प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिए। उनका अनुशार तीन जना गम्भिर घाईतेहरुलाई उपचारका लागि पोखरा पठाईएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते हुनेमा वर्ष ६० वर्षका अंगबहादुर डाला, ५७ का दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु रहेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ
जिप सडकबाट झण्डै एक मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । जिपमा ११ जना सवार रहेका बताईएको छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



