
काठमाडौं, ४ चैत । सरकारद्वारा निलम्बित गभर्नर महाप्रसाद अधिकारीले आफुलाई पुर्नवहाली गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले आफुमाथि पूर्वाग्रह राखेर निलम्वन गरेको भन्दै अधिकारी सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका हुन् । उनलाई चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बन गरेको थियो ।
अधिकारीले रिटमा सरकारले गरेको निलम्बनको कारबाहीलाई बदर गरिपाउँ र पूर्ववत् गभर्नरको जिम्मेवारीमा फर्किन आदेश जारी गरिपाउँ भनेका छन् ।
गभर्नर अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले गैर कानूनी तवरले छानबिन समिति गठन गरेको र त्यो समितिमा पार्टीका सदस्य समेत राखेको दाबि गरेका छन् ।
कर्मचारीहरुले गरे विराेध
यसबैबीच गभर्नर अधिकारीलाई निलम्बन गरेपछि कर्मचारीहरुले विराेध गरेका छन् । उनीहरुले राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो व्यानर टाँसेर विरोध कार्यक्रम गरेका हुन् ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघले बैंकको केनद्रीय कार्यालयमा विरोधस्वरुप कालो झण्डा राखेपछि देशभरका बैंकमा एकैसाथ कालो व्यानर राखेर केन्द्रीय बैंकको स्वायत्तताकाे माग गर्दै हस्तक्षेप नगर्न चेतावनी दिइएकाे छ ।
यस्तै निराधार र कपोलकल्पित आरोपहरु लगाएर गरिएको कारबाही फिर्ता गर्न राष्ट्रिय अर्थतन्त्रलाई उकास्न विशेष नीतिको कार्यान्वयन गर्न माग गरेका छन् ।
आयोजित कोण सभामा र्काचारी संघका अध्यक्ष रुद्रप्रसाद तिमिल्सिनाले राज्य संचालन गर्नेले वित्तीय प्रणालीको दुरुपयोग गरेको र वित्तीय माफियाहरुको चंगुलमा फसेको अवस्तामा गभर्नरमाथि आक्रमण भएको बताए । उनले राष्ट्र बैंकको स्वायत्तता रक्षाका लागि आवाजहरु उठाएको बताए । उनले छिटो गभर्नरमाथिको कारबाही फिर्ता लिन आग्रह गरे ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




