
काठमाडौं, ५ वैशाख । राष्ट्रिय महिला आयोगले कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–६ बस्ने ४२ वर्षीया महिलालाई धामी झाक्रीहरूले भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी हत्या गर्ने दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।
आयोगले हत्या जस्तो जघन्य अपराधको अन्त्यका लागि दण्डहिनताको अन्त्य गरी तत्काल घटनाको सत्यतथ्य छानबिन गरी यस्ता अपराधका दोषीलाई कानून बमोजिम कडाभन्दा कडा सजाय र पीडितको न्याय दिन सरकारसँग माग गरेको हो ।
आयोगका अध्यक्ष कमला पराजुलीले निर्दोष महिलालाई बोक्सी भनेर चरम यातना दिएर हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय र पीडितको न्यायको लागि राज्य, प्रहरी प्रशासन र सबै सरोकारवाला पक्षको ध्यान जानुपर्ने बताइन्।
धामी झाँक्रीले रञ्चुला साउदलाई गत चैत ३० गते बेलुका भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी हत्या गरेका छन् । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–२ बस्ने अमृता खत्री टण्डनको संकास्पद मृत्यु भएको घटनाप्रति आयोगले दोषीलाई कारबाही गर्न माग गरेको हो ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



