प्रदेश न. १ मा कोरोना सङ्क्रमित ११९ थपिए

-



     सफल आवाज    
     असाेज ५ गते २०७७ मा प्रकाशित



विराटनगर, ५ असोज । प्रदेश न. १ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा प्रदेशमा ११९ जना कोरोना सङ्क्रमित भएका छन् । जसमा ५३ महिला र ६६ पुरुष छन् । सङ्क्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश बाहिरका एकएक जना छन् ।