
काठमाडौं, ५ वैशाख । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाको सार्वजनिक भएको चालु आर्थिक वर्षको तेश्रो तैमासिक वित्तीय विवरणका अनुसार लघुवित्तको नाफा गएको वर्षको सोहि अवधिको भन्दा बढेको छ ।
यस आर्थिक वर्षको चैतको अन्तिमसम्ममा संस्थाले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यो नाफा अघिल्लो पटकको सोहि अवधिकोभन्दा ४६.४४ प्रतिशतले अधिक हो । अघिल्लो वर्ष यो नाफा ११ करोड ३४ लाखमा सिमित थियो ।
लघुवित्तको संचालन मुनाफा र खुद ब्याज आम्दानीमा बृद्धि हुँदा खुद नाफामा बृद्धि भएको छ । संस्थाको ब्याज आम्दानी ६०.१४ प्रतिशत र संचालन मुनाफा ६१.५९ प्रतिशत बढेको देखिन्छ । यस्तै कमिसन आम्दानी ४८.९६ प्रतिशतले बढेको छ भने वितरणयोग्य मुनाफा ११ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
यस वर्षको ९ महिनासम्मको अवधिमा संस्थाको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा छ । मूल्य आम्दानी रेसियो ३१.४१ गुणा रहेको देखिन्छ । नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ । लघुवित्तको चुक्ता पूँजी १० प्रतिशतले बढेको छ । जगेडा कोषमा २९.८४ प्रतिशत, सापटीमा १०.८२ प्रतिशत र कर्जामा २७.६७ प्रतिशतले बढेको पाईएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




