पेट्रोलको मूल्य प्रतिलिटर रु ४.७९ले घट्यो, डिजेल र हवाई इन्धनको बढ्यो

-



     सफल आवाज    
     वैशाख ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । यो पटक भने पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

शनिबार अप्रिल १६ तारिखमा पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा रुपैयाँ ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको निगमले जनाएको छ । आयल निगमका सहायक प्रवक्ता पुस्कर कार्किले पेट्रोलको भाउ घटेको र डिजेलमा २ रुपैयाँ २ पैसा बढेको बताए । यस्तै हवाइ इन्धनमा ०.३८ पैसा बढेको उनले बताए ।

अहिले भईरहेको खपत, नयाँ मूल्यका कारण आयाल निगमलाई आउने १५ दिनसम्म पनि झण्डै ४ अर्ब ६९ करोड नोक्सानी हुनेछ । आईओसीले गएको अप्रिल १ तारिखमा पनि निगमलाई नयाँ मूल्यसूची पठाएको थियो ।