सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले वैशाख २ गतेदेखि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । संस्थाले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर निष्काशन गरेको थियो ।

लघुवित्तले बिक्रीमा ल्याएको ३ लाख ९५ हजार ३३६ कित्ता सेयरबाट ६ हजार ८२ कित्ता सेयर कर्मचारीका लागि रहेको छ । १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारणले बाँकी रहने ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेद दिन सक्ने भएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।