सिवाईसी नेपाल लघुवित्तको सेयरमा ६९.५२ गुणा ओभरसब्सक्राइब्ड, कतिले दिए आवेदन ?

-



     सफल आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आईपीओ आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म करिब ६९.५२ गुणा ओभरसब्सक्राइब्ड भएको पाईएको छ ।

आवेदन दिने समय बेलुकी ५ बजेसम्म रहेकोमा २२ लाख ७७ हजार ७४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता सेयर माग गरेका छन् । यो माग गरिएकोभन्दा ६९.५२ गुणा बढी हो ।

लघुवित्तले वैशाखको २ गतेबाट ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ खुलाएको थियो । जो रुपैयाँ १०० मूल्य अंकित दरमा ३ लाख ९५ हजार ३३६ कित्ता बिक्रीमा ल्याईएको हो ।

उक्त सेयरमध्ये ६ हजार ८२ कित्ता सेयर कर्मचारीको लागि र १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी हुन आउने ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको हो ।

लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेकोमा सेयर बाँडफाँडपछि चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।