नेपाल बंगलादेश बैंकको खुद नाफा घट्यो

-



     सफल आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । नेपाल बंगलादेश बैंकको चालु आर्थिक वर्षमा खुद नाफा घटेको छ । बैंकको सार्वजनिक भएको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोहि अवधिकोभन्दा यस वर्ष खुद नाफा घटेको हो ।

यस आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गएको वर्षकोभन्दा ३२.१८ प्रतिशतले कम हो । गएको वर्ष बैंकको खुद नाफा १ अर्ब ६३ करोड ८४ लाख रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा घटेपछि खुद नाफामा कमि भएको हो ।

खुद ब्याज आम्दानी २.२४ प्रतिशत तथा संचालन मुनाफा ३९.०८ प्रतिशत घटेको छ । प्रतिशेयर आम्दानी १० रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ६९ पैसामा झरेको छ । नेटवर्थ १६० रूपैयाँ २६ पैसा छ । मूल्य आम्दानी रेसियो २७.१६ गुणा देखिन्छ ।

बैंकको पछिल्ला ९ महिनाको अवधिमा चुक्ता पूँजी १२ प्रतिशत बढेको छ । जगेडामा ५.८२ प्रतिशत कमि भएको छ । निक्षेप ५.८६ प्रतिशतले घटेको छ । कर्जामा १०.९५ प्रतिशत बढेको छ ।