सुनमा रु १५०० ले गिरावट, कतिमा हुँदैछ काराेबार ?

-



     सफल आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा एकैदिन रुपैयाँ १ हजार ५०० ले गिरावट भएको छ । चाँदीको भाउ पनि रुपैयाँ ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ १ हजार ५०० ले घटेर तोलाको १ लाख ६०० रुपैयाँमा कारोबार भईरहेको जानकारी गराएको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार १०० रुपैया कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन रुपैयाँ १ लाख १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ३८५ रुपैयाँमा झरेको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।