गण्डकीमा १४ संक्रमित थपिए

-



     सफल आवाज    
     असाेज ६ गते २०७७ मा प्रकाशित




पाेखरा, ६ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ९३ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा मंगलकार प्रदेशमा थप १४ जना संक्रमितहरु थपिएका हुन्।

जसमा लमजुङमा ६, तनहुँमा ४, पर्वतमा ३ र बाग्लुङमा १ जना भेटिएका हुन्।
बागलुङ जिल्ला, बरेङका १९ बर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर-९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका चारैजना गरि ७ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन्।

लमजुङ जिल्ला, बेसीसहर-८ का २६ बर्षीय महिला र २२ बर्षीय पुरुष सनराईज बैंकमा कार्यरत हुन् ।अन्य सबै संक्रमित कन्ट्याक्ट् ट्रेसिङबाट पहिचान भएका हुन्।