युक्रेनले भन्यो कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत

-



     सफल आवाज    
     वैशाख ८ गते २०७९ मा प्रकाशित



कीभ, युक्रेन, ८ बैशाख . युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ।

“यी मानिसहरूलाई नियन्त्रणमा लिएर मारेको हुनसक्ने यातनाका संकेतहरू देखाएका छन्। ती मानिसहरू सर्वसाधारण थिए। रूसी सेनाले जानाजानी कुनै पनि प्रतिरोध नगर्ने नागरिकलाई गोली हाने मारेको,” कीभ क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।