
काठमाडौं, ६ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार यो सहित कुल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।
गएको २४ घण्टामा देशभर ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण भएको हो । हालसम्म पीसीआर परीक्षण भएको संख्या ९ लाख ३४ हजार ९ सय ७७ पुगेको छ ।
यसैगरी कोरोना संक्रमण लागेपछि निको हुने संख्या पनि उल्लेख्य छ । हालसम्म ४८ हजार ६१ जना निको भएका छन् । गएको २४ घण्टामा ८ सय २३ जना निको भएका हुन् । निको हुने प्रतिशत ७२ छ ।
काठमाडौं उपत्यकामा मंगलबार ६ सय ४७ जना संक्रमित थपिए । तीमध्ये काठमाडौं जिल्लाका ५ सय ११, भक्तपुरका ६३ र ललितपुरका ७३ जना छन् ।
देशभर संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ रहेका छन् । भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट देशभर गएको २४ घण्टामा मात्र २ जनाको मृत्यु भएको छ । मंगलबार मृत्यु हुने दर घटेको हो । मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिला रहेका छन् । यो सहित कुल मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




