
काठमाडौं, १९ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन पनि सेयर बजार ओरालो लागेको छ । यसदिन सेयर बजार करिब आधा घटेको छ । सेयर बजारमा ४८.७३ अंकको गिरावट भएको छ ।
नेपाला स्टक एक्सचेन्जका अनुसार राताम्मै भएको नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झरेको छ । नेप्सेमा २.०७ प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ८.४५ अंकले घटेर ४४१.७९ विन्दुमा रहेको छ ।
कुल २८८ वटा कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३९ लाख ७८ हजार ७९ कित्ता सेयरको कारोबारबाट १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहतर्फ ३४२.२५ अंकले घटेको छ । नीर्जिवन बीमातर्फ २१८.६३ अंकले, विकास बैंकतर्फ १२७ अंकले, होटल तथा पर्यटनतर्फ ११४.७२ अंकले घटेको छ ।
कारोबारको आधारमा यसदिन सबैभन्दा बढि अरुण भ्याली हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७ सय ४३ रूपैयाँको कारोबार भएको नप्सेले जनाएकाे छ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार २ सय ५६ रुपैयाँ ८० पैसा पुगेको छ । नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।











झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




