दुई दिनमा १८०० ले घट्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० वैशाख । सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार र मंगलबार दुई दिनमा छापावाल सुनमा रुपैयाँ १८०० ले गिरावट भएको छ ।

साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ रुपैयाँ १००० ले घटेको छ । चाँदीको भाउ यसदिन स्थिर रहेर १ हजार २९० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा रुपैयाँ १००० ले घटेर तोलाको रुपैयाँ ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको रुपैयाँ ९७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको रुपैयाँ १ हजार २९० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि चाँदी सोहि भाउमा कारोबार भएको थियो ।