
काठमाडाैं,२० बैशाख । स्याङजाकाे भिरकाेट नगरपालिका स्थित बयरघारीमा केन्द्रीय कार्यालय रहेकाे आँधिखोला लघुवित्त वित्तीय संस्थाकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा बढेको देखिएकाे छ।
संस्थाले आज प्रकाशित गरेकाे बितिय बिबरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८६ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ७० पैसा बढेर ४६ रुपैयाँ ४४ पैसामा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १०.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५५ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ३६.९५ प्रतिशत बढेको छ । सापटी २३.०७ प्रतिशत, निक्षेप २३.७७ प्रतिशत र कर्जा २८.३९ प्रतिशत बढेको छ।
लघुवित्तको खुद ब्याज आम्दानी ७.४६ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ८.९७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १८.३१ प्रतिशत बढेको बताइएकाे छ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



