
पोखरा, २० बैशाख। पाेखराकाे कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले कुलिनरी सोलुसन अष्ट्रेलिया इन्टरनेशनलबाट सम्बन्धन लिई विगत ६ वर्षदेखि होटल म्यानेजमेन्ट र कुलिनरी आर्टस विषयमा अध्ययन,अध्यापन गराइरहेको छ ।
कलेजले दिएकाे जानकारी अनुसार १०ं+२ देखि स्नातक गरिसकेका विद्यार्थीले यो कोर्ष अध्ययन गर्न सक्नेछन् । कलेजले लिने लिखित परिक्षा सामान्य ज्ञान, अंग्रेजी भाषा , मौखिक प्रश्न र मेडिकल पास भइसकेका विद्यार्थीले मात्र याे काेर्षका लागी भर्ना पाउनेछन् ।
वर्षमा ३ वटा इन्टेक हुने भएकाले विद्यार्थी १०ं+२ दिएर वा व्याचलर लेवल पढ्दै गर्दा प्रोफेसनल कोर्ष गरेर अष्ट्रेलिया जान्छु वा पेशामा तुरुन्त आवद्ध भइहाल्छु भन्नेका लागि यो कोर्ष अत्यन्त उपयोगी हुने कलेजका संस्थापक अध्यक्ष विजय पौडेलले सफल आवाजलाई जानकारी दिए । पाैडेलका अनुसार याे कार्षका लागी एक पटकमा ३२ जना मात्र विद्यार्थी भर्ना लिने गरिन्छ ।
६ महिनासम्म विहान ८ देखि बेलुका ५ बजे सम्म कुलिनरी आर्टसको कोर्ष गरिसकेपछि हामी विद्यार्थीलाई सिधै अष्ट्रेलियादेखि नै परिक्षा लिन्छौ । उक्त परिक्षा दिएको केहि समयमा सर्टिफिकेट आइपुग्छ । त्यसपछी दुबई माल्दिभ्स, बहराइनका पाँचतारे होटलमा सेफका रुपमा रोजगारी ग्यारेन्टी गर्ने व्यवस्था कलेजले नै गर्ने कलेजका प्रिन्सिपल तथा कुुलिनरी डाइरेक्टर सेफ राम कोदान्दाले बताए ।

विश्वमै बढिरहेकाे पर्यटन व्यवसायसँगै सेफको जागिरबाट अन्य पेशा भन्दा धेरै गुणा बढी आम्दानी हुुने र संसारभरी नै सजिलै जान सक्ने सेफ मर्यादीत पेशा हो । पैसा, इज्जत मात्रै नभई रातो पासपोर्टधारी सरह अवसर पाइने भएकाले पनि युवा पुस्ताको यसप्रती आकर्षण बढेकोे कलेजका अध्यक्ष विजय पौडेलले बताए ।
विद्यार्थी प्रवेश परिक्षा पास भएपछी विहान बेलुुका खाना, खाजा, नास्ता तथा होस्टल र पढाई साथै अष्ट्रेलियाका लागी समेत प्रोशेसिङ र रोजगारी कलेजले ग्यारेन्टी गरेकाले युवाहरुको पहिलो रोजाई कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज रहेको बताइएको छ ।








पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



