काठमाडौं, ७ असोज । विश्वमा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किनेहरुको संख्या २ करोड ३४ लाख १५ हजार ५८१ पुगेको छ । कुल संक्रमित संख्या ३ करोड १८ लाख ८ हजार २५३ रहेको छ । अहिलेसम्म ९ लाख ७५ हजार ८१० जनाले ज्यान गुमाएका छन ।
कोरोना संक्रमणका सक्रिय केसहरु ७४ लाख १६ हजार ८६२ रहेका छन । ७३ लाख ५४ हजार ८१३ जनाको अवस्था सामान्य भईरहेको छ । ६२ हजार ४९ जनाको अवस्था भने गम्भिर रहेको छ ।
सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका हो । जहाँ ४३ लाख ४७ हजार १७२ जना निको भएका छन । ७० लाख ९८ हजार २९१ जनामा संक्रमण भएकोमा अहिलेसम्म २ लाख ५ हजार ४७८ जनाले ज्यान गुमाएका छन् ।
दोश्रो धेरै कोरोनाबाट प्रभावित भएको देश भारतमा ४५ लाख ८७ हजार ६१३ जना निको भएका छन् । ५६ लाख ५० हजार ५४० जनामा संक्रमण भएको छ । हालसम्म ९० हजार ७७ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म भारतमा आज १० हजार ४४ वटा नयाँ केस भेटिएका छन् ।
ब्राजिलमा ३९ लाख ४५ हजार ६२७ जना निको भएका छन । त्यहाँ ४५ लाख ९५ हजार ३३५ जनामा संक्रमण भएकोमा १ लाख ३९ हजार १५९ जनाको ज्यान गएको छ ।
आज अपरान्हसम्म विश्वभर ३८ हजार ४७१ नयाँ संक्रमित थपिएका छन् । १ हजार ५० जनाको मृत्यु भएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




