अप्पर सोलु हाइड्रोले ल्यायाे साढे १३ करोडको आइपीओ, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ वैशाख । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आइपीओ आजदेखि निष्काशन तथा बिक्री खुला भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि १३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित दरको १३ लाख ५० हजार कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याएको हो ।

इच्छुक सोलु दुधकुण्ड नगरपालिकाका सबै वडाहरुका जनताले आईपीओका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने समय छिटोमा जेठ ५ गते र तोकिएको मितिसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा जेठको २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

सेयरमा लगानी गर्न चाहनेले घटिमा १० कित्ता तथा बढिमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले एनएमबि बैंक, लक्षमी बैंक, ग्लोबल आइएमई बैंक तथा प्राइम कमर्सियल बैंक सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।