
काठमाडौं, २२ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा बृद्धि भएको छ ।

छापावाल सुनमा एकैदिन आज रुपैयाँ १४०० ले र चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
छापावाल सुन तोलाको रु १४०० ले बढेर तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रु १५ ले बृद्धि भई तोलाको १ हजार ३०५ रुपैयाँमा कारोबार भईरहेको । बुधबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कायम भई कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




