
काठमाडौं, २२ वैशाख । सेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि सेयर बजार राताम्मै भएको छ ।
सरकारले उत्पादन, खर्च तथा नयाँ बजेटको हिसाब किताब शुरु गर्न लागेको छ । विभिन्न क्षेत्रका अनुमानित उत्पादन, राजश्व संकलनको प्रक्षेपण्का कुराहरु भईरहँदा नेप्सेको नकारात्मक दृश्यले भने लगानकिर्ताको मनोवल माथि उठाउन प्रेरित गरेको छैन । उनीहरुले बजारको सकारात्म लय कहिले फर्किने हो भनेर पर्खिरहेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ । नेप्सेमा १.६३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.३४ अंकले घटेर ४३२.५५ विन्दुमा रहेको छ ।
कुल २३२ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ४६ लाख ७४ हजार ९४० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तेह वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढि सूर्य लाइफ इन्स्योरेन्सकाे कम्पनीको कारोबार भएको छ । कम्पनीको ८ करोड ४५ लाख ८७ हजार २३२ रुपैया ५० पैसा बराबरको कारोबार भएको छ ।










रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




