एमाले अध्यक्ष ओलीले आज पोखरामा बृहत् चुनावी सभालाई संवोधन गर्ने

-



     सफल आवाज    
     वैशाख २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ बैशाख । बर्तमान राजनीतिकाे शिखरमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनलाई केन्द्रीत गरि आज पोखरामा आयाेजना गरिएकाे बृहत् चुनाबी सभालाई संवोधन गर्ने भएका छन् ।

एमालेको चुनावी आमसभालाई संवोधन गर्न ओली चितवनपछि पोखरा जान लागेका हुन् । पाँच गठबन्धन दलहरुले पोखरामा चुनावी सभा सम्पन्न गरेको भोलिपल्ट आज सोमबार उनले पोखरामा संवोधन गर्न लागेका हुन् । अघिल्लाे दिन उनले चितवनमा गरिएकाे सभामा संवोधन गरेका थिए ।

उनले के बोल्छन् ? चुनावी रणनीति के हो ? पार्टीको कार्यदिशा के हो र पुग्नुपर्ने कहाँ हो ? आम जनता र कार्यकर्ताको मनोभावनालाई बुझ्ने अनि सुझाउने किसिमले उनको प्रस्तुत हुने एमाले जनाएको छ ।

पोखराको अमरसिंह चौरमा बिहान ११ बजे हुने सभालाइ ओलिसङ्गै केन्द्रिय नेताहरुले पनि संवोधन गर्ने एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।