
पोखरा, २६ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानिय तहको वैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेले देशभर सानदार नतिजा निकाल्ने दावि गरेका छन् । उनले गठबन्धन परमादेश, झाडिबाट वा कहाँबाट कस्ले फालेर आएको हो एमालेको देश बनाउने सपनालाई रोक्न नसक्ने बताए ।
जहाँजहाँ जान्छु त्यहाँ त्यहाँका जनताको उपस्थितिले एमालेलाई जिताईसकेको आभाष दिलाएका छन् । अध्यक्ष ओलीले भने, पोखरा महानगरपालिकामा पनि यहि देखिएको छ । हाम्रो विजय भईसकेको छ, वैशाख ३० गतेको मिति त कर्मकाण्ड मात्रै हो त्याे आउन बाँकी छ । जनताले भोट हाल्न बाँकी छ ।
नेकपा एमालेले आज पोखरामा आयोजना गरेको बृहत् चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले भने, जनता मतदानको लागि अग्रसर हुनुपर्छ । मतको रक्षाको लागि सजग भएर बस्नु पर्छ । सुरक्षाका लागि तयार रहनुपर्छ । मतदानको परिणाम नआउँदासम्म आँखा झिमिक्क पार्ने होईन उनले भने ।
ओलीले गठबन्धनमा रहेका दलहरुको क्रियाकलापप्रति आशंका व्यक्त गर्दै उनीहरुले एमालेलाई हराउन मतपत्र च्यात्ने, चपाउने, केके गर्ने हो सबैथोक गर्न सक्छन् त्यसैले तपाँईहरु त्यसको सुरक्षाका लागि परिणाम घोषणा नहुन्जेलसम्म चनाखो भएर बस्न आग्रह गर्दछु भने।
हामीले गठबन्धनका नेताहरुको भाषण सुनेकै छौं । उनीहरुले सबै अस्त्र प्रयोग गरेर कव्जा गर्ने भनेर भाषण गर्याछन् । उनीहरुको त्यो चालवाजिलाई पन्छाउनु पर्छ ।
ओलीले आफुहरु शान्तिको पक्षमा रहेको र जनताले दिएको मतबाट निर्वाचन जित्ने पक्षमा रहेकोले कसैले शान्ति खलल पार्न खोज्छ भने, धाँधली गर्छ भने रोक्नुपर्छ । एकछिन् पनि आँखाबाट मतको बाकसलाई छोड्न हुन्न ।
फूलपातीको टोकरी लिएर पशुपतीमा पूजाका लागि जाँदा एउटा बाँदर आउँछ र फूलपातीको टोकरी लिएर जान्छ । तर यहाँ त ५ वटा छन् उनीहरुले लैजान सक्छन् । त्यसैले उनीहरुको भयबाट जोगाउन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने सबैको दायित्व हो ।
सेना, प्रहरी, प्रशासन र कर्मचारी सबैले लोकतन्त्र र संविधानको रक्षाको लागि भयरहित वातावारणमा निर्वाचन गराउन अग्रसर हुनैपर्छ । उनले निर्वाचन आयोग पनि त्यसैगरी लागोस् भन्दै सुझाए ।
पाँच दलिय कलंक
ओलीले पाँच दलिय गठबन्धनलाई पाँच दलिय कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक, झाडीमा जन्मेको, परमादेशबाट बनेको र कस्ले फालेर आएको हो ? थाहा छैन भन्दै ब्यंग्य गरे ।
एमालेको १५ वर्ष रस चुसेर २१ महिना प्रधानमन्त्री भएका एकजना मान्छे भन्दै माधव नेपालमाथि कटाक्ष गर्दै ओलीले भने केपी ओली समाप्त भयो भनेर भनेछन् त्यो पनि आईतबार मात्रै पाेखराकाे यहि मैदानमा, तपाँई पनि समाप्त हुनुहोला भनेर कांग्रेसलाई भन्दै थिए । वैशाख ३० गतेको परिणाम आएपछि को सकिने हो को नसकिने हो त्यो जनताले देखाउने उनले बताए ।
यो गठबन्धन जनताको अभिमतबाट नभई परमादेशबाट बनेकोले अलोकतान्त्रि ढंगले बनेको, असंसदीय ढंगले बनेको सरकारलाई वैशाख ३० गते जनताले मतदानको शक्तिबाट परास्त गर्ने बताए ।
नेपाली कांग्रेसका माथिका बाहेक तलका नेता कार्यकर्तामा मेरो सहानुभूति छ । अध्यक्ष ओलीले भने, चितवनमा प्रचण्डले रुखवालाहरुले फेरि रेणु दाहाललाई भोट हालेर जिताएनौ भने देश दुर्घटनामा जान्छ भनेर धम्क्याए । रेणुलाई जिताए १५, २० वर्षसम्म गठबन्धन हुन्छ रे । चितवनमा कांग्रेसलाई कहाँ भोट हाल्ने थाहा छैन । कसैले पेन्सिल, अण्डा, बाल्टिन, साईकल वा अन्य चिन्हमा कहाँ हाल्ने ? अलमलमा परेको छ । सोच्नुहोस् त कांग्रेसीको मन कसरी थामिएको होला ।
कांग्रेसका नेताहरुले पार्टीलाई सिद्धान्तहिन र गतिहिन बनाए । कृष्णप्रसाद भट्टराई यत्तिकै कांग्रेस छोडेका होईनन् । २००३ सालमा जेल तोडेर भागेको मान्छे गणेशमानले खुसि भएर कांग्रेस छोडेका होईनन् । बीपी पनि अहिले भएको भए कांग्रेस छोड्नु हुन्थ्यो ओलीले भने ।
एमाले छ र देश बनाउने संकल्प बोकेको छ
पहिले विकल्प थिएन देश कल्ले बनाउने भनेर तर अहिले एमाले छ र देश बनाउने संकल्प बोकेको छ । राष्ट्र र राष्ट्रियता जोगाउने पार्टी एमाले छ । विकासको अभियान ल्याउने, जेष्ठ नागरिक, महिला, दलित, बेसहारा सबै सबैको माउ पार्टी एमाले भएकोले देशलाई आधुनिक युगमा लैजाने अभिभारा हाम्रो हो उनले भने ।
घर घरमा जेष्ठ नागरिकलाई भत्ता खुवाउने र तपाँई बृद्धा हुँदा पनि भत्ता दिने एमाले कै नीति हो । निर्वाचनमा उनले सबै तहतप्काका जनताको, व्यवसायी सबैका लागि, उनिहरुलाई सुविधा दिने पार्टी एमाले नै भएकोले भारि मतले हुने जितमा दुविधा नभएको बताए ।
धेरै जनता एमालेमा प्रवेश गरिरहेका छन् । कास्कीमा पनि आज प्रवेश गरेका छन् । उनले काग्रेस लगायतका पार्टीका नेता कार्यकर्तालाई भने, तपाँईलाई जो नजिकिएको निर्वाचनको बेलामा प्रवेश गर्न गाह्रो भएको छ भने वैशाख ३० गते सूर्यमा भोट हालेर त्यसपछिका दिनमा देश बनाउने संकल्प बोकेको पार्टी एमालेमा आउनुस् स्वागत् छ ।










पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



