
काठमाडाैं, २८ वैशाख । ‘ग्लोबल फ्रेन्डशिप आर्ट फेष्टिवल २०२२’ काठमाडौंमा शुरु भएको छ । बङ्गलादेश कलाकार समूहको आयोजनामा भएको उत्सवको यो तेस्रो संस्करण हो ।
उक्त फेष्टिवलको नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उद्घाटन गर्दै सांस्कृतिक आदानप्रदान तथा दुई देशको ऐतिहासिक तथा मानवीय सभ्यतालाई जोड्न उत्सव महत्वपूर्ण हुने बताए।
राजदूत चौधरीले उक्त कार्यक्रम बङ्गलादेशको सांस्कृतिक विविधतालाई कलाका माध्यमबाट नेपालका कला पारखीलाई देखाउने अवसर भएको पनि बताए। आपसी विश्वासमा बाँधिएको दुई देशको सम्बन्धलाई यस उत्सवले थप बलियो बनाउने र एकअर्काको मूल्य मान्यतालाई स्वीकार गर्न सघाउने उनको भनाइ थियो ।
प्रदर्शनीमा नेपाल र बङ्गलादेशसहित भारत, अमेरिका, ग्रिस, क्यानडा र जापानका कलाकारका ३४ सिर्जना समावेश गरिएको छ । उत्सवमा विदेशी कलाकारहरुसमेत सहभागी छन् । प्रदर्शनी पाँच दिनसम्म चल्ने छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



