पोखरा फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ? 

-



     सफल आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित



काठमाडौं,२८ बैशाख । पाेखराकाे न्युराेडमा केन्द्रीय कार्यालय रहेकाे पोखरा फाइनान्सले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ। 

संस्थापक सेयरधनी शंकर पराजुलीको २७ हजार ६४९ कित्ता, तेजबहादुर गुरुङको ३७ हजार ६१० कित्ता र चिन्तबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेको ५५ हजार ३०० कित्ता सेयर बिक्री गर्न लागेकाे सुचनामा जनाइएकाे छ। 

फाइनान्सले सूचना प्रकाशित गरेको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरुले खरिदका लागि लिखित निवेदन दिन सक्नेछन ।

साे समयमा  आवेदन नपरे खरिद गर्न इच्छुक जोकोही लगानीकर्तालाई पनि उक्त संस्थापक समूहकाे सेयर बिक्री गर्न सकिने बताइएकाे छ । संस्थापक सेयर खरिदकाे आवेदन संस्थाको केन्द्रीय कार्यालय न्युरोड, पोखराबाट दिन सकिनेछ।